close

छथर जोरपाटीले बाँड्यो राहत

छथर जोरपाटीले बाँड्यो राहत

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको छथर जोरपाटी धनकुटाले गत १२ वैशाखमा परेको असिनाबाट तरकारी तथा बालीनालीमा क्षति पुगेका किसानलाई राहत र अपांगता भएका व्यक्तिका परिवारलाई सहयोग गरेको छ ।


पालिकाले ३०औँ अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा संयुक्त कार्यक्र गरी ६७ किसानलाई नगद राहत एवं २८ अपांगता भएकालाई नगद र यन्त्र सहयोग गरेको हो ।


पालिकाले तरकारी खेतीतर्फ पूर्ण क्षति भएका २२, आंशिक २०, सामान्य २३ र बाली क्षतितर्फ २ परिवारलाई राहत दिइएको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले बताए ।


पूर्ण क्षति भएका किसानलाई १५ हजार, आंशिकलाई १० हजार, सामान्यलाई ५ हजारका दरले र बाली क्षति भएका १/१ परिवारलाई क्रमशः ५ हजार एवं ७ हजार ५ सय गरी ६ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको राहत बाँडिएको हो ।  कार्यक्रममा १६ जना अपांगता भएकालाई श्रवण यन्त्र र १२ जना अपांगतालाई आर्थिक सहयोग गरिएको छ । 


श्रवण यन्त्र शिविर सञ्चालनका क्रममा चिकित्सकले सिफारिस गरेकालाई एवं आर्थिक अवस्था कमजोर भएका ग र घ वर्ग अपांगता भएकालाई पालिकाले नगद ५ हजार रुपैयाँका दरले सहयोग गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिइन् ।

 

पीडित किसानलाई राहत एवं अपांगता भएकालाई राहत तथा यन्त्र पालिका अध्यक्ष शेरबहादुर लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर तथा वडा अध्यक्षहरुले संयुक्त रूपमा हस्तान्तरण गरे ।