close

तिलोत्तमालाई बालमैत्री नगर घोषणा गरिँदै

तिलोत्तमालाई बालमैत्री नगर घोषणा गरिँदै

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई बुधबार बालमैत्री नगर घोषणा गरिँदै छ । बालमैत्री नगर घोषणाका लागि आवश्यक पर्ने ५१ वटा सूचक पूरा गरेकाले तिलोत्तमालाई बालमैत्री घोषणा गर्न लागिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । बालमैत्री नगर घोषणापछि यसको दिगो कार्यान्वयन योजना बनाइने उनले जानकारी दिए ।

 

पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यमा बालमैत्री नगर घोषणा गर्न लागिएको हो । यसअघि नगरका सबै १७ वटै वडालाई बालमैत्री घोषणा गरिसकिएको छ । नगरलाई बालमैत्री बनाउन जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, बाल क्लब, विभिन्न संघ–संस्था, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी सेवाप्रदायक निकायलगायत सरोकारवालाले सामूहिक प्रयास थालेका थिए । 


बालमैत्री नगर घोषणाका राष्ट्रिय प्रशिक्षक विष्णुबहादुर चौवेले नगरबासीको सामूहिक पहलले तिलोत्तमा बालमैत्री नगर घोषणा हुने स्थितिमा पुगेको बताए ।  रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगरपालिका घोषणा हुन लागेको हो । बालमैत्री स्थानीय शासनः बाल अधिकारसम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न यो अवधारणा ल्याइएको हो ।


यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्नेेछ ।


बालमैत्री नगर घोषणाका लागि ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्छ । त्यस्तै, ६ वटा सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ वटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिन्छ ।

 

त्यसपछि शतप्रतिशत हासिल भएका सूचकको निरन्तरता र ९५, ९० र ८० प्रतिशत नतिजा हासिल भएका सूचकलाई शतप्रतिशतमा पु¥याउने प्रतिबद्धतासहितको पञ्चवर्षीय रणनीतिक योजना एवं प्रतिबद्धता गरिए बालमैत्री घोषणा गर्न सकिने प्रावधान छ ।