close

सप्तरीमा एक महिनामै दुई महिलाको वीभत्स हत्या

सप्तरीमा एक महिनामै दुई महिलाको वीभत्स हत्या

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा सोमबार फेरि एक महिलाको घाँटी रेटी हत्या गरिएको छ । घरबाट खरानी लिएर खेतमा फाल्न गएको अवस्थामा स्थानीय जमाहर यादवकी अन्दाजी ५२ वर्षीया श्रीमती भुटनीदेवी यादवको हत्या भएको हो । आइतबार बेलुकी घरबाट गहुँ खेतमा खरानी फाल्न गएकी उनी राती अबेरसम्म घर नआएपछि घरपरिवारका सदस्यले खोजी थालेका थिए । 

 

आइतबार बिहान उनको शव हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाको प्रकृति देख्दा भुटनीको बियर बोतलले टाउकोमा हानेर हत्या गरेको हुन सक्ने अनुमान स्थानीयको छ । घटनास्थलमा तीन वटा बियर बोतलमध्ये दुई वटा फुटेको छ भन्ने अर्काे फालिएको अवस्थामा फेला परेको छ ।

 

भुटनीलाई लछारपछार गरी उनले लगाएको नाकको फुलीसहित अन्य गरगहना लुटिएको पीडित परिवारले बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले घटना कसले र किन गरेको खुल्न नसके पनि त्यसको थप आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।


एक महिनाकै अन्तरालमा छिन्नमस्ता गाउँपालिकामा २ जनाको वीभत्स हत्या भएपछि सुरक्षा चुनौती थपिएको छ ।  यसअघि छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीका एक वृद्धको घाँटी रेटी हत्या गरिएको थियो । उक्त घटनाका आरोपित हालसम्म पक्राउ पर्न सकेका छैनन् ।  दुवै घटनाका दोषीलाई कारबाही गर्नुपर्ने तथा जिल्लाको सुरक्षा व्यवस्था कडा पार्नुपर्ने स्थानीयको माग छ ।