close

सर्वोच्च अदालतमा जरुरी मुद्दामा मात्र सुनुवाइ हुने

सर्वोच्च अदालतमा जरुरी मुद्दामा मात्र सुनुवाइ हुने

Trulli
ADVERTISEMENT

काठमाडौं–सर्वोच्च अदालतमा कोरोना महामारी बढ्दै गएका कारण बुधबारदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मंगलबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले कोरोना बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय हो ।

 

बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । १८ माघसम्म सेवा कटौती गर्ने निर्णय भएको हो ।

 

सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमित रूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ । 

 

त्यस्तै, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेका मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ ।

 

उच्च र जिल्ला अदालत, अरू न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा संक्रमित भएको अवस्थासमेतको मूल्यांकनका आधारमा काम–कारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय भएको छ ।