close

नारी दिवसमा पाँचखाल नगरको गीत प्रतियोगिता

नारी दिवसमा पाँचखाल नगरको गीत प्रतियोगिता

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसमा गीत प्रतियोगिता आायोजना गरेको छ ।नगरपालिका परिसरमा आयोजित गीत प्रतियोगितामा दुग्धेश्वर महिला समूह प्रथम भएको छ । प्रथमसँगै समूहले ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

त्यस्तै, पलाञ्चोक भगवती महिला समूह दोस्रो तथा राधाकृष्ण महिला समूह तेस्रो भए । भगवती महिला समूहले नगद ४ हजारसहित प्रमाणपत्र तथा राधाकृष्ण महिला समूहले ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

 

सहभागी टिमको गीतलाई पाँचखाल शिक्षा शाखा प्रमुख दीनानाथ पन्थी, कलाकार अरुण नेपाल, गोविन्द दुलाल, शिक्षासेवी सरस्वती चिमौरियाले निर्णायकको भूमिका वहन गरेका थिए । विजयी टिमलाई पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले पुरस्कार वितरण गरिन्  । प्रतियोगितामा नगरभित्रका ७ टिम सहभागी थिए ।

 

पाँचखाल नगरप्रमुख महेश खरेलले कार्यक्रम उद्घाटन गर्दै नारी र पुरुष दुवैलाई समान व्यवहार गर्नुपर्ने बताए । नगर प्रमुख खरेलले दिवसका दिन नारीको सम्मान गर्नेभन्दा पनि हरेक दिन सम्मान र समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।

 

नगर उपप्रमुख दनुवारले महिला हिंसा न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक भएको बताइन् । उनले आफू पाँचखाल नगरपालिकाको न्यायिक समिति संयोजक भएकोले हिंसामा परेका महिलालाई आफूलाई परेका समस्या तथा हिंसाबारे उजुरी गर्न आग्रह गरिन् ।

 

कार्यक्रममा पाँचखाल नगरका प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष सञ्जय तामाङ, वडा ३ का वडाध्यक्ष सुन्दर अधिकारी, वडा ४ का वडाध्यक्ष सुन्दर लामा, वडा ५ का वडाध्यक्ष बालकृष्ण सापकोटा, नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुण्यश्वरी श्रेष्ठ, सूचना अधिकारी सुविता ढुंगानालगायतले महिला अधिकारबारे चर्चा गरेका थिए ।पाँचखाल नगरपालिका वडा नम्बर ११ खरेलथोकमा पनि नारी दिवस मनाइएको छ ।