close

आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक

आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको आँधीखोला गाउँपालिकाले आफ्नो पहिचानसहितको प्रतीक चिह्न सार्वजनिक गरेको छ । पालिकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्वका क्षेत्रलाई समेटेर निर्माण गरिएको लोगोको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौड्यालले सार्वजनिक गरेका हुन ।


गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने क्षेत्र तथा सम्पदाहरुलाई लोगोभित्र अङ्कित गरेको पौड्यालले जानकारी दिए ।  गाउँपालिकाले निर्माण गरेको लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

 

तल्लो भागमा रिबन राखिएको छ र त्यसमा गाउँपालिकाको ठेगाना उल्लेख छ । रिबनसँग जोडेर दुवैतर्फ धानको बाला राखिएको छ ।उदाउँदै गरेको सूर्यसहित हरियाली डाँडाकाँडा तथा बोट वृक्षले गाउँपालिकाको प्राकृतिक सौन्दर्यलाई चित्रण गर्न खोजिएको छ । दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) सिरुबारी र श्रवकुमार तथा अन्धाअन्धी दहलाई पनि लोगोमा समेटिएको अध्यक्ष पौड्यालले बताए ।

 

श्रवणकुमारका अन्धाअन्धी बुबाआमाको आँसुबाट बनेको अन्धाअन्धी दह र सोही दहबाट उत्पत्ति भएको आँधीखोलालाई पनि समेटिएको छ । कृषि क्षेत्रसँगै लैङ्गिक समानता, एकता, समन्वय र सहकार्यलाई झल्काउन खोजिएको गाउँपालिकाले जनाएको छ ।