close

आइतबारदेखि मेलम्चीको पानी वितरण हुने

आइतबारदेखि मेलम्चीको पानी वितरण हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने भएको छ ।  

 

मेलम्चीबाट आउने १७ करोड लिटर पानी  काठमाडौं  उपत्यकामा आइतबारबाट वितरण गर्न लागिएको केयुकेएलका प्रवक्ता प्रकाश राईले जानकारी दिए । 

 

उनका अनुसार १७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्नेछ ।