close

यस्तो छ शनिबार दिनभरको मौसम

यस्तो छ शनिबार दिनभरको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणाली  तथा पश्चिम वायुको प्रभावले नेपालमो मौसम केही प्रतिकुल बनाएको छ । 


जसका कारण देशको  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


शनिबार थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ।