close

रुपन्देहीमा गुणस्तरीय प्रयोगशाला स्थापना गर्न दुग्ध व्यसायीको माग

रुपन्देहीमा गुणस्तरीय प्रयोगशाला स्थापना गर्न दुग्ध व्यसायीको माग

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीका दुग्ध व्यवसायीले गुणस्तरीय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् ।

 

रुपन्देही डेरी व्यवसायी समितिद्वारा बुटवलमा आयोजित ‘दुध तथा दुग्धजन्य पदार्थ शुद्धता हुनुपर्छ सरोकारवालामा प्रतिबद्धता’ विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्ने क्रममा दुग्ध व्यवसायीले यस्तो माग गरेका हुन् ।

 

दुधको गुणस्तरको विषयमा पटकपटक विभिन्न निकायमा कुरा उठाएको बताउँदै उनीहरूले  दुधको गुणस्तर कायम राख्न, गुणस्तरीय दुध बिक्री गर्ने सप्लायर्स, सहकारी वा व्यवसायीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

 

रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष गणेशसिंह भण्डारीले पछिल्लो समय गुणस्तरीय दुधको नाममा सडकमा, धुलो, धुँवामा सस्तो दरमा दूध बिक्री भइरहेको बताए ।

 

पछिल्लो समयमा किसानबाट दूध खरिद गर्ने सहकारीले ल्याक्टो, फ्याटको आधारमा दूध खरिद गर्ने र होलसेलमा अन्य व्यवसायीलाई बिक्री गरी बिचौलियाको भूमिका निर्वाह गरेको उनले बताए ।

 

यस्तो कार्य रोक्न स्थानीय सरोकारवालाहरूको ध्यानाकर्षणसमेत उनले गरे ।

 

बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वाम्य महाशाखा प्रमुख मित्रमणि खनालले दूध तथा दुग्धजन्य बस्तुको शुद्धता कायम गर्नु सबैको दायित्व भएको बताउँदै दुधमा शुद्धता कायम गर्न किसान, व्यवसायी, सहकारीलाई आग्रह गरे ।


 

णस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख शम्भुप्रसाद झाले गुणस्तर तथा नापतौल ऐन २०५५ बमोजिम गुणस्तर कायम  नगरिए उचित कारबाही भोग्न तयार हुनुपर्ने बताए ।