close

बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । चितवनको  खैरहनी नगरपालिकामा बाघको आक्रमणबाट स्थानीय एक पुरुषको मृत्यु भएको छ ।

 

कुमरोज सामुदायिक वनमा आइतबार बिहान ८ बजे तिर घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

बाघले आक्रमण गरेको सूचना पाए लगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनाको टोलीले हात्तीसहित दाहालको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटिएको थियो ।

 

घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग बाघले खाएको अवस्थामा उनको शव भेटिएको थियो । शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याइँदै छ ।

 

यसअघि यही गत शुक्रवार चितवनमै बाघको आक्रमणबाट एक जना माहुतेको समेत मृत्यु भएको थियो । त्यस दिन करिब साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा माहुतेका रूपमा कार्यरत बाराको कोल्बी नगरपालिका–१ घरका २२ वर्षीय रमेश चौधरी थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।