close

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

Trulli
ADVERTISEMENT

बर्दिया । जिल्लामा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको आरोपमा वृद्ध पक्राउ परेका छन् । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका-३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको हो

थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।