close

सशस्त्र प्रहरीद्वारा अवैध गाई बरामद

सशस्त्र प्रहरीद्वारा अवैध गाई बरामद

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका-१४ कोसीबाँधबाट अवैध रुपमा तस्करी भइरहेको गाई सशस्त्र प्रहरीले बरामद गरेको छ । 

नेपालबाट अवैध रुपमा चोरी तस्करी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बरसाइनको टोलीले चार वटा गाइ बरामद गरेको हो ।

बरामद गरिएको अवैध गाईलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठी पठाइएको  सशस्त्र प्रहरीले जनाएको छ ।