close

किशोरीको मृत्यु प्रकरण : गृहमन्त्रालयले बनायो छानबिन समिति

किशोरीको मृत्यु प्रकरण : गृहमन्त्रालयले बनायो छानबिन समिति

Trulli
ADVERTISEMENT

बर्दिया । बर्दियामा गोली चलेको विषयमा सरकारले ५ सदस्यीय छनबिन समिति गठन गरेको छ । प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएपछि संसदमा सांसदले उठाएको प्रश्न दिँदै गृहमन्त्री बालकृष्ण खाणले छानबिन समिति गठन गरिएको बताएका हुन् । 

गृहमन्त्री खाणका अनुसार गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजत्व पाँच सदस्यीय  छनबिन समिति बनाइएको हो । समितिलाई काम सुरू गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ। 

साथै सरकारको आदेशबिना नै बर्दियामा गोली चलेको गृहमन्त्री बालकृष्ण खाणले बताएका थिए । प्रमुख जिल्ला अधिकारी तथा माथिल्लो निकायको आदेशबिना नै गोली चलेको भन्दै छानबिनबाट कसको निर्देशन हो थाहा हुने उनले बताएका हुन् । 

मधुवन नगरपालिका-२ ओराली बजारमा सोमबार प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको थियो । सोनहाकी स्थानीय १८ वर्षिया नविना चौधरीको मृत्यु भएको हो । मृतकले नमुना मावि धोधरीमा कक्षा १२ को परीक्षा दिइरहेकी थिइन् ।