close

छु्ट्टाछुट्टै स्थानमा दुई शिशु मृत भेटियो

छु्ट्टाछुट्टै स्थानमा दुई शिशु मृत भेटियो

Trulli
ADVERTISEMENT

काठमाडौं । एकैदिन छुट्टाछुट्टै स्थानमा दुई शिशु मृत भेटिएका छन् । सिरहामा ६ महिने शिशु मृत फेला परेको हो । 

भगवानपुर गाउँपालिका–१ कल्याणपुरस्थित बलान पुल मुनि खोला किनारमा सोही गाउँपालिका–५ लालपुर बस्ने देवनारायण पण्डितकी ६ महिनाकी छोरी भुल्ली पण्डित मृत फेला परेकी हुन् । प्रहरीले मृतक शिशुकी आमालाई आवश्यक अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, शिशुलाई सेप्टी ट्यांकीमा फालेर हत्या गरेको अभियोगमा बुधबार १५ वर्षीया किशोरी पक्राउ परेकी छन् । दाङको राप्ती गाउँपालिका ३ मसुरियाकी १५ वर्षीया किशोरीले १६ दिनकी छोरीलाई सेप्टी ट्यांकीमा फालेर हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

जेठ ९ गते अवैधरुपमा शिशुको जन्म भएपछि उनले १६ दिनसम्म दूध चुसाएर राखेकी थिइन् । दूध नआएर शिशु रुन थालेपछि उनले आवेशमा आएर सेफ्टी ट्यांकीमा फालेको बयान दिएकी प्रहरीले जनाएको छ।