close

सडक सञ्जालसँग जोडिँदै अपिहिमाल

सडक सञ्जालसँग जोडिँदै अपिहिमाल

Trulli
ADVERTISEMENT

काठमाडौं । एक वर्षभित्र अपिहिमाल गाउँपालिका सडक सञ्जालसँग जोडिने भएको छ । 

गाउँपालिकामा अझै सडक नपुगेको भन्दै गाउँपालिकाले छिटै सडक सञ्जाल पुर्‍याउने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाली सेनासँग सान्वय गरिरहेको छ । 

गाउँपालिकादेखि ४ किलोमिटर टाढा सडक आइसकेको भए पनि चट्टानै चट्टानको पहाड फोडेर ल्याउनुपर्ने तथा जसका लागि 'ब्लास्टिन' नभएको भन्दै लामो समयदेखि रोकिएकोले नेपाली सेनासँग पनि समन्वयको काम भइरहेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठोकरे बोहराले जानकारी दिए । 

साथै अपि हिमाललाई सुदूरपश्चिमै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी पदमार्ग निर्माण, अध्ययन र रेखांकनको काम पनि भइरहेको अध्यक्ष बोहराले बताए । 

उनका अनुसार हालसम्म मुकरीगार्डदेखि सिटीसम्म ३ करोड लागतमा काम सुरु भइसकेको छ । त्यस्तै खाइकोटदेखि अपिहिमाल बेसक्याम टेण्डर भइसकेको छ भने अपिहिमाल बेसक्यामदेखि साइपालसम्म योजनामा रहेको उनको भनाइ छ । साथै नयाँ रुट बनाउने र गुगल नक्सांकनको कामका लागि अध्ययनको काम भइरहेको समेत उनले जानकारी दिए । 

पुराना सरकारले गरेको कामको रेकर्डका लागि स्वेतपत्र जारी गर्नेसमेत पालिकाको योजना छ । 

स्वेतपत्र जारी भएपछि पालिकाभित्रको शासकीय प्रबन्ध, कार्यसम्पादन, भौतिक प्रगति, सामाजिक समावेशीकरण, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलगायत वास्तविकता थाहा हुने र त्यसबाट आगामी योजना निर्माण गर्नसमेत सहज हुने अध्यक्ष बोहराको विश्वास छ ।