close

राप्तीमा डुबेर दुई किशोरको मृत्यु

राप्तीमा डुबेर दुई किशोरको मृत्यु

Trulli
ADVERTISEMENT

बाँके । मलामी गएका दुई किशोरको नदीमा डुबेर मृत्यु भएको छ।

हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका-८ घर भइ हाल अध्यनको शिलशिलामा नेपालगञ्जमा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र १८ वर्षकै लेकराज छन्त्यालको मृत्यु भएको हो।

उनीहरू बुधबार बेलुकी छिमेकीको मृत्यु भएपछि मलामी गएका थिए । शाही र छन्त्याल नुहाउन भनेर राप्ती नदीमा पसेको प्रहरीले बताएको छ ।

शाही र छन्त्याल कक्षा १२ को परीक्षा दिइसकेका थिए। बुधबार बेपत्ता भएका उनीहरूको शव बिहीबार फेला परेको हो ।