close

लैंगिक हिंसाविरुद्ध एक भएर काम गर्ने जनप्रतिनिधिहरूको प्रतिबद्धता

लैंगिक हिंसाविरुद्ध एक भएर काम गर्ने जनप्रतिनिधिहरूको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

रुपन्देही ।  स्थानीय तहका जनप्रतिनिधिले किशोरी तथा महिला, बालबालिका, अल्पसंख्यक, बालबिवाह, मानव बेचविखनविरुद्ध आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्  । 

शुक्रबार किशोरी अधिकारी मंच, रुपन्देहीको आयोजना केयर र ओरेकको सहयोग एवं महिला तथा बाल अधिकार जिल्ला संजाल, रुपन्देही र महिलामानवअधिकार जिल्ला संजाल, रुपन्देहीको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरूले यस्तो ताएकाहुन् ।

नेतृत्वमा रहेकाले अधिकार क्षेत्रमा पर्ने सवालहरूलाई कानूनी, नीतिगत, बजेट व्यवस्थापन, सचेतनालगायत कार्यक्रम गरेर निरुत्साहित गर्न आफूहरु लागिपर्ने उनीहरूले बताएका हुन् । 

अन्तरक्रियामा एबीसी नेपालका क्षेत्रीय प्रबन्धक मनोज लामिछानेले धेरै दिदीबहिनीले श्रमको मूल्य नपाएको, किशोरीहरुले नागरिकता नपाउँदा धेरै अधिकारबाट बञ्चित भएको बताए । यी समस्या समाधान गर्न जनप्रतिनिधिहरूले पहल गर्नुपर्ने बताउँदै लामिछानेले किशोरी अधिकारका क्षेत्रमाल गानी बढाउनुपर्ने धारणा राखेका थिए ।