close

हेटौँडामा ग्याँस बुलेटले ठक्कर दिँदा बाबु-छोरीको मृत्यु

हेटौँडामा ग्याँस बुलेटले ठक्कर दिँदा बाबु-छोरीको मृत्यु

Trulli
ADVERTISEMENT

हेटौँडामा  । हेटौंडा-९ पशुपतिनगरमा भारतीय ग्याँस बुलेटको ठक्करबाछ मोटरसाइकलमा सवार बाबु छोरीको मृत्यु भएको छ ।

भारतबाट ग्याँस बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ ।

घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले दुवै सवारी साधन र ग्याँस बुलेटका चालकलाई नियन्त्रणमा राखेको छ।