close

साढे ३३ लाख ठगी गरेको आरोपमा रोजित पक्राउ

साढे ३३ लाख ठगी गरेको आरोपमा रोजित पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । 

आवश्यक कानुनी कारवाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । उनले ८ जनासँग ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा श्रेष्ठले पीडितहरुलाई उपलब्ध गराएको हवाई टिकट र भिसासमेत नक्कली भएको पाइएको प्रहरीले जनाएको छ ।