close

ट्रिनिटी कलेजका गार्डमाथि खुकुरी प्रहार, चार विद्यार्थी पक्राउ

ट्रिनिटी कलेजका गार्डमाथि खुकुरी प्रहार, चार विद्यार्थी पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वीरमुनीका १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थलीका १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग-६ का १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा-६ ढलमलका १८ वर्षीय सञ्जिब भण्डारी (अनमोल) रहेका छन् ।

गएराति साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए । घटनाको सूचनापछि प्रहरी बृत्त सिंहदरबार प्रहरी टोली खटिएको थियो ।

धारिलो हतियार प्रहारबाट बायाँ कानमुनि चोट लागेको गार्डको मोडेल अस्पतालमा उपचारपछि डिस्चार्ज भएको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

कक्षा ११ मा पढ्ने विद्यार्थीबिच करिब १० दिन अगाडी कलेज प्राङ्गणमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर कलेजमा दुई पक्षबीच झै-झगडा हुन लाग्दा कलेजका सुरक्षा गार्डले छुट्याएका थिए ।

सोही घटनाको रिसाइबी साँध्न गार्डमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।