close

धर्म, संस्कृति र कलाको जगेर्ना गर्नु आवश्यक : मन्त्री आले

धर्म, संस्कृति र कलाको जगेर्ना गर्नु आवश्यक : मन्त्री आले

Trulli
ADVERTISEMENT

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताएका छन् । 

सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्दै मन्त्री आलेले आफ्नो धर्म, कला र संस्कृतिको जगेर्ना सबै मिलेर गर्नुपर्छ भने । 

पछिल्लो समय हाम्रो कला, संस्कृति तथा धर्मको पहिचान सङ्कटमा पर्न थालेकोप्रति चिन्तित हुँदै मन्त्री आलेले पर्यटकलाई मनोरञ्जनका साथै नेपाली पहिचानका बारेमा जानकारी दिनका लागि भए पनि हाम्रा धर्म, संस्कृति तथा कलाको संरक्षण हुन आवश्यक रहेको जानकारी दिए । 

पछिल्लो समय नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोकसंस्कृति, धर्म तथा कला बोकेका परम्परा सङ्कटमा पर्न थालेको बताउनुहुँदै मन्त्री आलेले युवापुस्तालाई ती चिजको संरक्षण गर्नका लागि आग्रहसमेत गरे । 

हाम्रा मौलिक गाथा बोकेका धर्म, कला तथा संस्कृति लोप हुन नदिन सबै नागरिकले लाग्नुपर्ने मन्त्री आलेको भनाइ थियो । 

डोटी जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीको सहजताका लागि निर्माण गरिने उक्त पदमार्ग तथा पूर्वाधार योजनाको मन्त्री आलेले आजै शिलान्यास गरेका छन् ।