close

स्थानीयले लगाए वडा कार्यालयमा ताला

स्थानीयले लगाए वडा कार्यालयमा ताला

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-११ को वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् ।

स्थानीय युवाले आइतवार एक विज्ञप्ति टाँसेर कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित  तालाबन्दी गरेको वडा सदस्य सुनिता डांगी वलीले पालिका खबरलाई जानकारी दिइन् । 

रिक्त रहेको कार्यालय सहयोगीमा नगरपालिकाले अरु वडाको नियुक्ति गरेपछि उनीहरूले विरोध गर्दै तालाबन्दी गरेका हुन् ।  विज्ञप्तिमा वडाको कार्यालयको सहयोगी आफ्नै वडावासी नै राख्नुपर्ने माग राखिएको छ । 

कार्यालय बन्द हुँदा सबै जनप्रतिनिधि र सेवाग्राहीहरु बाहिरै रहेको वडा सदस्य वलीले बताइन् ।