close

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका-३ चप्पल कारखाना नजिकै गएराति ट्रिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ। 

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो। टिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ।

त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–४ मा आइतबार बेलुका मोटरसाइकल र जिप ठोक्किङ्गदा एक जनाको मृत्यु भएको छ । दोलखाको बिगु गाउँपालिका–५ का १९ वर्षीय महेश भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५७७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतिय नम्बरको जिप हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए ।