close

'उपत्यकाभित्रको नदी किनारमा सिसि क्यामेरा जडान गरे ९० प्रतिशत फोहोर घट्छ'

'उपत्यकाभित्रको नदी किनारमा सिसि क्यामेरा जडान गरे ९० प्रतिशत फोहोर घट्छ'

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको ११औं नगरसभा बैठक आज जारी छ । बैठकमा नगरसभाका सदस्यहरूले आफ्नो सुझाव तथा धारणा राखिरहेका छन् 

आफ्नो सुझाव तथा धारणा राख्ने क्रममा  नगरसभा सदस्य तथा वडा नम्बर ९ का सदस्य  श्रीराम राईले काठमाडौंको फोहोर घटाउन सिसि क्यमेरा जडानलाई प्राथमिकता राख्नुपर्ने बताएका छन्  । 

उनले आफ्नो धारणा राख्ने क्रममा भने,'राति ड्यामड्याम नदीमा फोहोर फाल्ने क्रम अत्यधिक बढ्दो छ । मेयरज्युले घोषणा गरेजस्तै नदीका किनारहरूमा राम्रो पार्क निर्माण गर्ने र सिसि क्यमेरा राख्ने हो भने ९० प्रतिशत फोहोर फाल्ने काम रोकिन्छ ।' यस कार्यलाई तदारुकताका साथ महानरले अगाडि बढाउनु पर्नेमा उनको जोड छ । 

काठमाडौं महानगरको फोहोर आफ्नै घरबाट व्यवस्थापन गर्न सकिने बताएका छन् । साथै फोहोर बर्गीकरण नगर्नेहरूलाई कारबाही गर्ने वा फोहोर नठाउने व्यवस्था हुनुपर्ने बताएका हुन् ।