close

सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

Trulli
ADVERTISEMENT

सप्तरी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा आज बस दुर्घटना भएको छ । 

बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बिहीबार बिहान बस पल्टिएर करिब ५५ वर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । मृतकको पहिचान हुन बाँकी छ । 

अन्य ११ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।