close

भारतीय धार्मिक पर्यटक बोकेको रेल जनकपुरधाममा

भारतीय धार्मिक पर्यटक बोकेको रेल जनकपुरधाममा

Trulli
ADVERTISEMENT

काठमाडौं । धार्मिक पर्यटक बोकेर भारतीय रेल जनकपुरधाम आइपुगेको छ । 

बिहीबार दिउँसो ३ बजे करिब पाँच सय धार्मिक पर्यटक बोकी रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो ।  

रेललाई जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गरेका छन् । 

रेल आएपछि भारतीय पर्यटकलाई मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितकाले स्वागत गरेका छन् ।

भारतबाट आएको रेल र पर्यटकलाई हेर्नका लागि रेल्वे स्टेशनमा ठूलो घुइँचो लागेको छ ।

यस्तै, सो रेललाई विभिन्न ठाउँमा ठाउँमा फूलमालाले स्वागत गरिएको छ ।