close

कर्णालीमा डुबेर बालिकाको मृत्यु

कर्णालीमा डुबेर बालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

कैलाली । टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार कर्णाली नदीमा डुबेर मृत्यु ज्योती घर्तीमगरको भएको हो । 

शुक्रबार दिउँसो उनी नदीमा नुहाउन जाँदा डुबेकी थिइन्। नदीमै बेहोस भएको देखिएपछि उपचारको लागि टिकापुर अस्पताल लगिएको थियो। 

उपचारको क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।