close

बीमितको मृत्युदरको तथ्याङ्क अद्यावधिक गर्न निर्देशन

बीमितको मृत्युदरको तथ्याङ्क अद्यावधिक गर्न निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । बीमा समितिले बीमितको मृत्युदर अद्यावधिक गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशन दिएका हुन् ।

विसं. २०६६ मा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

जीवन बीमक संघ नेपालका उपाध्यक्ष पोषकराज पौडेलले बीमा समितिले बीमितको मृत्युदर तालिका परिमार्जन गर्न लागेबाट उपयुक्त बीमाशुल्क निर्धारणका साथै समग्र जीवन बीमा व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।