close

आज वर्षाको सम्भावना रहेकोले सतर्क रहन विभागको अपिल

आज वर्षाको सम्भावना रहेकोले सतर्क रहन विभागको अपिल

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार सामान्यदेखि पूर्ण बदली रहेको मौसम विभागले जनाएको छ । 

हाल मुलुकको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सूदुरपश्चिम भूभागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

विभागका अनुसार, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।
विभागले भारी वर्षा हुने प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । 

यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउनु समेत विभागले अपिल गरेको छ ।