close

अग्निपिडित परिवारलाई राहत वितरण

अग्निपिडित परिवारलाई राहत वितरण

Trulli
ADVERTISEMENT

सप्तरी । अग्निपीडितलाई धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा राहत वितरण गरिएको छ । 

आगलागीबाट घर पूर्ण क्षति भएका डाकनेश्वरी नगरपालिका-३ हटैल गाउकी रितादेवी मुखियालाई राहत स्वरुप त्रिपाल झुल, तन्ना,लुगाफाटा र भाडाकुडालगायत सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष ई सूर्यनारायण यादवले जानकारी दिए । 

उक्त राहत वितरण कार्यक्रममा डाकनेश्वरी नगरपालिका -३ का वडाध्यक्ष भाग्येश्वर यादव, प्रहरी चोकी हटैलको प्रहरी सहायक निरीक्षक जीबछप्रसाद यादव लगायतको उपस्थिति थियो ।