close

काठमाडौँ-मुग्लिन सडक पहिरोले फेरि अवरुद्ध

काठमाडौँ-मुग्लिन सडक पहिरोले फेरि अवरुद्ध

Trulli
ADVERTISEMENT

चितवन । काठमाडौं-मुग्लिन सडकखण्डमा आजै दुई पटक पहिरो खसेको छ । पहिरो पन्छाएर एकछिन खुला गरिएको राजमार्ग फेरि अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलानजिक पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले पालिका खबरसँग भने 'दिउँसो १२ बजे पहिरो खसेर अरवरुद्ध बनेको राजमार्ग २ बजे खुला गरिएको थियो । फेरि पहिरो खसेर अवरुद्ध भएको छ । खुलाउने प्रयासमा छौं । '

पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् । दुवैतर्फ लामो जाममा गाडीहरू फसेका छन् ।