close

भरतपुरमा पेस्तोलसहित एक पक्राउ

भरतपुरमा पेस्तोलसहित एक पक्राउ

Trulli
ADVERTISEMENT

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् ।

गत जेठ २३ गते भरतपुर–४ बाट कटुवा पेस्तोलसहित पक्राउ परेका दिपक पुन मगरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको बेला विकलाई पक्राउ गरिएको हो । 

विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट नगद एक लाख १४ हजार रुपैयाँ, सुनको सिक्री एक थान र पाँच थान मोबाइल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विकलाई अदालतबाट म्याद अनुमति लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।