close

खोलाले बगाएर १८ महिने बालिकाको मृत्यु

खोलाले बगाएर १८ महिने बालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

तनहुँ । भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । १८ महिने काव्य श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि ५०० मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

 बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।