close

तिलोत्तमामा डुबान हुनु नदिन पूर्वतयारी

तिलोत्तमामा डुबान हुनु नदिन पूर्वतयारी

Trulli
ADVERTISEMENT

रुपन्देही । बर्खायाममा हुने डुबान नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले सक्रियता देखाएको छ ।

विपद्को पूर्वतयारीका लागि डुबान प्रभावित क्षेत्रमा रहेका खोलानाला र ढलको सरसफाइ थालिएको छ । 

बर्षात सुुरु हुुनुपूर्व नै खोलानाला;df तथा ढलको सरसफाइ गरी ढुबान हुनु नदिन पूर्वतयारी थालिएको तिलोत्तमा नगरपालिका प्रमुख (मेयर) रामकृष्ण खाँणले जानकारी दिए । यसै क्रममा उनले वर्षायाममा डुबान हुने क्षेत्रमध्ये तिलोत्तमा–११ स्थित सुखौरा खोला सफाइ कार्यको निरीक्षणसमेत गरेका छन् ।

निरीक्षण गर्दै पानी नपर्दै काम सम्पन्न गर्न र प्रभावकारी रूपमा काम गर्नसमेत उनले निर्देशन दिए ।

अनुगमनमा नेपाली कांग्रेस तिलोत्तमानगर सभापति हरिलाल पाण्डे, तिनपा–११का वार्ड अध्यक्ष विष्णुबहादुर बरालसमेत सहभागी थिए ।