कैलाली । आलिताल गाउँपालिका कर्मचारी लोकेन्द्रसिंह भण्डारीको लुटिएको कारा बेवारिसे अवस्थामा फेला परेको छ ।
भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी-४ बाट लुटिएको कार गोदावरी-१ शान्ति नगर जाने बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले पालिका खबरलाई बताए ।
कञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय भण्डारीले चलाएको प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको कार उनीहरूले लुटेर भागेका हुन् ।
पीडितको भनाइअनुसार उक्त घटनामा ३ जना संलग्न रहे पनि कारमात्र भेटिएको हो ।