close

सगरमाथा आरोहण गर्ने नेपालको पहिलो महिला चिकित्सक डाक्टर प्रीति

सगरमाथा आरोहण गर्ने नेपालको पहिलो महिला चिकित्सक डाक्टर प्रीति

Trulli
ADVERTISEMENT

काठमाडौं । चिकित्सक डाक्टर प्रीति भुसालले सगरमाथा आरोहण गरेकी छन् । 

सगरमाथा आरोहण गरेसँगै उनी  नेपालको पहिलो महिला चिकित्सक भएकी छिन् ।  

वैशाख २९ गते भुसालसहितको टोलीले सगरमाथा  आरोहण गरेको हो । पर्वतारोही पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा टोलीले आरोहण गरेको हो।

कोभिड १९ विरुद्धको लडाईंमा अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको सम्मान गर्न सगरमाथा आरोहण गरेको भुसालको भनाइ छ।

जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आरोहणको दोस्रो लक्ष्य रहेको उनको भनाइ छ । 

भुसाल धापासीस्थित ग्रान्डी अस्पतालमा कार्यरत छिन्।