close

वर्षाका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

रुपन्देही । बिहानैदेखि वर्षा हुँदा बुटवल–पाल्पा सडक खण्डमाका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । मंगलबार बिहानैदेखि वर्षा भएपछि अवरुद्ध भएको हो । 

लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलका अनुसार बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबानजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध छ । वर्षाले सडकमाथिबाट आएको छिहिराको बहाव बढी भएपछि आवागमन ठप्प भएको हो ।

 यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध भएको छ । खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अवरुद्ध भएका दुवै ठाउँमा वर्षा कम भएपछि मात्रै सडक खुल्ने जनाइएको छ ।