close

अवरुद्ध डुम्रे–बेँसीशहर सडक सञ्चालन

अवरुद्ध डुम्रे–बेँसीशहर सडक सञ्चालन

Trulli
ADVERTISEMENT

काठमाडौं । बाढीपहिरोका कारण गए रातिदेखि अवरुद्ध डुम्रे–बेँसीशहर सडक सञ्चालनमा आएको छ ।  

डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरनजिकै अवरुद्ध सडक एक्साभेटरको सहयोगले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि केही बेरअघिबाट सो सडकखण्ड खुलेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । 

हाल सडक एकतर्फ मात्रै सञ्चालन भइरहेको छ ।