close

मोरङ्गमा बाढी बस्तीमा पस्दा १७५ भन्दा बढी परिवार विस्थापित, एकको मृत्यु

मोरङ्गमा बाढी बस्तीमा पस्दा १७५ भन्दा बढी परिवार विस्थापित, एकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । विराटनगर महानगर र कटहरी गाउँपालिकाका १७५ परिवार विस्थापित भएका छन् । स्थानीय सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेपछि १७५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएका छन् ।

कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।

बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको श्रेष्ठले बताए । वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरुलाइ सतर्कता अपनाउन प्रहरीको आग्रह छ ।

यस्तै, प्रहरीका अनुसार बाढीले बगाएर सुन्दरहरैंचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैंचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको बाढीले बगाएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सुन्दरहरैंचा–३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको थियो ।