close

दुई दिन बञ्चरेडाँडामा काठमाडौंको फोहोर नफालिने

दुई दिन बञ्चरेडाँडामा काठमाडौंको फोहोर नफालिने

Trulli
ADVERTISEMENT

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडामा भोलिसम्म काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

सिसडोल जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले काठमाडौं महानगरको फोहोर व्यवस्थापन प्रभावित हुने भएको हो ।

वर्षाको समय सुरूसँगै फोहोर कुहिने भएकाले फोहोर माथि बनेको बाटो भासिँदा दुर्घटना हुने खतरा भएकाले तत्काल फोहोर नलैजाने कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । 

निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन्।   

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहोरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए।वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहोर व्यवस्थापन हुँदै आएको छ।

हरेक वर्ष वर्षातको समयमा नियमित पानी पर्न थालेपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ।  

गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो ।

सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बने पनि बाटोको कारण सहज भने भएको छैन।