close

१४ वर्षीया बालिकालाई यौन शोषण गर्ने ६२ वर्षे वृद्धसहित ६ जना पक्राउ

१४ वर्षीया बालिकालाई यौन शोषण गर्ने ६२ वर्षे वृद्धसहित ६ जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । १४ वर्षीया बालिकालाई यौन कार्यमा लगाउने ६ जना पक्राउ परेका छन् । 

ताप्लेजुङको सदरमुकाम फुङलिङमा १४ वर्षीया बालिकालाई यौन कार्यमा लगाएको आरोपमा सोही स्थानमा होटल सञ्चालन गर्दै आएका पाँच जना र एक ६२ वर्षीय पुरुष पक्राउ परेका हुन् ।  

जसमध्ये तीन जना होटल व्यवसायी र ६२ वर्षीय वृद्ध १४ वर्षीय बालिकाको ग्राहक रहेको प्रहरीले बताएको छ । 

अनुसन्धानका क्रममा रहेकाले पीडकको विवरण गोप्य राखिएको प्रहरीले जनाएको छ । तर, आरोपीविरुद्ध मुद्दा दर्ता पक्रिया सुरु भइसकेको छ । 

प्रहरीले घटनासँग जोडिएका तीन जनालाई जबरजस्तीकरण र दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा उजुरी दर्ता गरेर अनुसन्धन अगाडि बढाएको छ ।