close

तीन दिन उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

तीन दिन उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन उच्च सावधानी अपनाउन आग्रह गरेका छन् ।

बुधबार गृहमन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले देशभर भारी वर्षा हुने भन्दै यस्तो आग्रह गरेका हुन्  ।

 आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने उनले बताए ।  

विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुनसमेत आग्रह गरे ।