close

अटो दुर्घटना हुँदा एकजनाको मृत्यु

अटो दुर्घटना हुँदा एकजनाको मृत्यु

Trulli
ADVERTISEMENT

धनगढी । आज दिउँसो धनगढीमा अटो अनिन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार पौने १२ बजे दुर्घटना भएको हो । 

धनगढी उप-महानगरपालिका ०३ बोराडाँडी चोकमा सु.प.प्र. ०१-००१ ह ४६३२ नं. को अटो अचानक अनियन्त्रित भई पल्टिँदा उक्त अटो चालक लक्ष्मण सिंह बोहराको मृत्यु भएको हो । 

प्ररहीका अनुसार घाइते भएका ५० वर्षीय बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।