close

जलाउँदै गरेको शव प्रहरीले लियो नियन्त्रणमा

जलाउँदै गरेको शव प्रहरीले लियो नियन्त्रणमा

Trulli
ADVERTISEMENT

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थाबाट प्रहरीले शव नियन्त्रणमा लिएको छ ।

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थाबाट प्रहरीले शव नियन्त्रणमा लिएको छ ।

सो पालिकाको छपकैयास्थित आर्यघाटमा आधा जलेको  १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंकाष्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए ।

घटनाबारे अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

‘खबर पाए लगत्तै प्रहरी परिचालन गर्दा पनि शरीरको ५० प्रतिशत भाग जलिसकेको रहेछ’, उनले भने, ‘आत्महत्या हो या हत्या गरेर जलाउन खोजिएको हो ? भन्ने बारे अनुसन्धान भइरहेको छ ।’