close

गाडीको ठक्करबाट युवकको मृत्यु

गाडीको ठक्करबाट युवकको मृत्यु

Trulli
ADVERTISEMENT

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 

उनका अनुसार ती युवकलाई  नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो । घाइते युवकलाई तत्कालै नमुना अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न रहेको आशङ्कामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।