close

आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा तिलक पक्राउ

आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा तिलक पक्राउ

Trulli
ADVERTISEMENT

मोरङ । शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ ।

शुक्रबार राति १० बजेतिर रंगेली नगरपालिका वडा नं १ बिर्ता बजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ ।  हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी कोसी अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार उनीहरूको विवाह भएको ५ वर्ष भएको थियो । 

आगलागीबाट घरभित्रको लत्ता कपडा, भाडाकुँडा र अन्नपात पनि जलेको छ भने यस सम्बनधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।