close

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौंको युएनपार्क नजिकैको पुलमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । 

शुक्रबार राति काठमाडौं महानगरपालिका-१० युएनपुल नजिकै बाग्मती प्रदेश ०२ ०२६ प ०६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ललितपुर महानगरपालिका-१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको हो। 

उनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।