close

यात्रुबाहक बस एक आपसमा ठोक्किँदा एक दर्जनभन्दा बढी घाइते

यात्रुबाहक बस एक आपसमा ठोक्किँदा एक दर्जनभन्दा बढी घाइते

Trulli
ADVERTISEMENT

दोलखा । भीमेश्वर नगरपालिका-८ बोच भन्ने स्थानमा सवारी दुर्घटना हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन्

सदरमुकाम चरिकोटबाट काठमाडौं जाँदै गरेको र काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेहरूको सदरमुकाम चरिकोटका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।