close

बस दुर्घटना हुँदा २१ जना घाइते

बस दुर्घटना हुँदा २१ जना घाइते

Trulli
ADVERTISEMENT

रामेछाप । खाँडादेवि गाउँपालिका–१ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु प्रसाद ढकालले पालिका खबरलाई बताए । 

दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । घाइतेहरू सबैलाई उपचारका धुलिखेल अस्पताल काभ्रे पठाइएको छ ।