close

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काठमाडौंको सरसफाइ

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काठमाडौंको सरसफाइ

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १५० जनालाई सफाइमा खटाएको छ । 

काठमाडौं महानगरपालिकासँग ६०० जना नियमित सफाइमा  खट्ने कर्मचारी छन् भने प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आएका र दैनिक ज्यालादारीमा लिएका १५० जनशक्ति थपेको काठमाडौंका सूचना अधिकारी बसन्त आचार्यले पालिका खबरलाई बताए । 

सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ) उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०) मध्य क्षेत्र (११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) हुन् । यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ । 

सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन्, ‘एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ । रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।’